Tuesday, April 10, 2007

ए बा !

बा भईयो ! हप्ता-दिनेक भए होलान । हैन, अलि बढी भएछन । खैर, त्यही हो कारण मेरो मौनताको । New Dad Syndrome ले मलाई पूरै सताएको छ । थकित जिउ, अनिदा आँखा, काँतर मुटु अनि अपत्त्यारिलो पाराले पलाएको जोश - यी सबै भएकाछन् मलाई। एक हप्ताको बिदा लिएर बसेको थिएँ सुत्त्केरी स्यहार्न, कसरी बित्यो केही पत्तो पाईन । एक दिन एकजना मित्रसँग फोनमा कुरा गर्दै थिएँ - भोली शुक्रबारसम्म छुट्टी लिएको छु - भनेँ । शुक्रबार त बितिसकेको रहेछ ! ह्या - क्या ताल पर्‍यो भने !

मलाई धेरैले सोधेको प्रश्न - "कस्तो हुदो रैछ त?" यो प्रश्न सोध्नेहरुसँग मेरो निक्कै गुँनासो छ । प्रथम त सोध्ने साथीहरु प्रायस: आँफै कम्तिमा एकजनाको पिता/माता भैसकेका परे । Mixed Chat को स्वादजस्तै मैले महसुस गरिरहेका उन्माद, संकट, गर्व, चिन्ता, अन्योलता अनि दृढ-संकलपताका मिश्रीत भावनाहरु यी मित्रहरु सबैले पहिलेनै महसुस गरिसकेकाछन । तैपनि मलाई सोधी टोपल्नुको अर्थ कि त मेरा मित्रहरु सार्‍है भुलक्कड रहेछन कि आफुजस्तै यो मोरोलाई पनि पर्‍यो कि परेनछ भनेर यकिन गर्ने चेष्टा गरेकाहुन्, मैले लख काट्न सकिन । अर्का थरि साथीहरु जो आफु पिता/मता भैसकेका छैनन्, तीनलाई यती सजिलै एउटा नयाँ जीवन निम्त्याएको बेलाको अलौकिक बृतान्त किन सुनाउनु? दुबै प्रती मेरो आपत्ति छ । नजानेर, थाहा पाउन मन लागेर सोध्नेहरुलाई चाँही मेरो आपत्ति छैन । तर, चाहेर पनि म त्यो क्षणको विवरण दिन सक्दिन ।

रुँदै-कराऊँदै, कर्कश ध्वनिमा जीवनको पहिलो प्रमाण दिंदै हाम्रो जीवनमा प्रवेश गरेको त्यो नव आगन्तुकलाई मेरी प्यारीले अश्रुधारले स्वागत गरेको म अमुक भई हेरिरहेँ । प्यारी गद-गद भएको म प्रष्ट देखिरहेको थिएँ, म अन्योलमा थिएँ । केही सेकेन्डको त्यो अन्योल अचानक नै वात्त्सल्यमा परिणत भएछ, मैले पत्तै पाइनँ । त्यस पशचातका सबै पलहरु भने कुनै मेशिनका स्वचालित पुर्जाजस्तै आँफै चलिरहे । कहिले सुतायो, कहिले उठायो, कहिले खुवायो, कहिले हगायो - बस्, यती हुन कृया-कलाप । सुन्दा अचम्म लाग्छ - त्यती जाबो गर्नलाई केको पहाड चडेजस्तो कुरा? अहो, सुदुर-पष्चिमी र पष्चिमी नेपालका मैले चडेका गोडा-पचासेक पहाडहरु भन्दा त यी ४ काम निक्कै गार्‍हो हुँदा रैछन गाँठे । सुताउन खोज्यो सुत्दैन, खुवाउन खोज्यो खाँदैन, उठाउन खोज्यो उठ्दैन, हगाउने-मुताउने त कोशीस गर्ने कुरै भएन । धैर्यको पराकाष्टा नाप्ने काम चाँही यो पक्का हो । यो भन्दा बढी अहिले केही नलेखौँ।

मेरा सबै निसन्तान मित्रहरु - परेर मात्र जानिने कुरा यो हो, त्यसैले मेरो भाषणले केही नाप्दैन। बाकी रह्यो मेरो भावनाका कुराहरु - धैर्य गर्नुस्, चाँडै पोष्ट गर्नेछु । अहिलेलाई बिदा है - फेरी घरतिर दगुर्ने बेला भैसकेछ ।

7 comments:

Ajaya said...

Congratulations !!!!!
This link might be helpful to you
http://www.totsites.com

archana said...

congratulations!!!
बच्चा पाएर हुकाउन त एउटा ठुलो घर बनाउनु जस्तै हो रे
- ठुलै लगानि गर्नु पर्ने
- मिहेनत धेरै गर्न पर्ने
- जग राम्रो बनाउन पर्ने
- सरसमान बिदेशी राख्न पर्ने ( i means bording school, eng.language)
यस्तै यस्तै......

anyways cheers :)

ज्ञान - Gyan said...

Saral Jee & Vavi jee,

Greetings and congratulation for your new born baby and very very happy new year 2064 vikram sambat.

Regards,

Shabda/meroshabda.blogspot

Anonymous said...

congratulations, and
happy new year 2064,
may this year be more productive for journalists and bloggers..
lets be committed to the mission.. against ngo journalism and yellow journalism..lets report the truth, the fact and only the fact…
no more planted stories,…no more news blackout…lets be real reporters….there are a lots of untold stories…
waiting ….to be told, written…
are we committed…
are we honest..

Mr Editor
http://hamroeditor.blogspot.com

Anonymous said...

Congratulations!!!

You are certain to have a great year 2064 now...

Happy New Year!!!

BlogGossipCorner said...

Congratulations.
My wife is expecting. I will be dad in July. You can share your experience with me.

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।