Saturday, February 17, 2007

पर्खाई

धेरैपछि नेपालीमा लेख्ने चेष्टा गर्दैछु । भूल-चुक माफ गर्नुहोला । शुक्रबारको दिन, अफिसमा बसी रहेको थिएँ । काम धेरै नभएपछी सार्‍है पट्यार लागेर आऊछ । त्यसमाथि पनि, बाहिर हिँऊ परिरहेकोथियो । बिहीवारको हिँऊ सफा गर्दा गर्दा सारा जिउ दुखिरहेको थियो । फेरी पनि दु:ख पाउने भैयो भनेर दिक्क लाग्ने भैहाल्यो ।कतिबेला घर गएर बुढीसँग मिलेर म:म बनाएर खानुजस्तो भैइरहेको थियो । अनि हेडफोनमा नारायण दाईको गाना बजिरहेको थियो । अनि त मलाई के चाहियो - म त नेपाल नै पुगेछु । दस मिनेट समय अनि Unicode मा Nepali Typing को नतिजा - यी तलका हरफहरु :
------------------------------

पर्खाई

हिउँ हेर्दै, टोल्हाएर बसेको छु
अनन्त देखिको पर्खाईजस्तो
न त पाउने आश छ, न त आउने
किन, केको पर्खाई हो टुङ्गो लाउन बसेको छु ।

मेरा ईच्छाका बिम्बहरु प्रत्यक्ष भैदिए
सुम्सुम्याएर, जतन गरी स्याहार्ने थिएँ
आकांक्षाका ती दुर्लभ जिनीशहरु
कति स्नेहसहित हुर्काउने थिएँ
तर, मेरा रहर कुनै नवबिबाहिता जस्तो
मानसपटलको कुहिरो भित्र नै लुकिरहेछन
सैयौँ खोजहरुका बाबजुत पनि
लुकामारी मात्रै खेलिरहन्छ
यही लुकामारीको दोष हो
या त मेरो प्रयासको
म खोजी रहेछु, तर
मेर ईच्छाहरु लुकिरहेछन ।


मेरो खोजी ...
फेरी उहि अनन्त देखिको जस्तो,
चली रहेछन ....
केही गुमाएकोछु, न केही कमाएको
लेखा-जोखा गर्ने तराजु पनि
शायद मैले कहीँ हराएको छु
म भन्न सक्दिन मैले कहाँ, कति, कहिले गुमाएँ
बनाएकाहरु पनि जब म चिन्न सक्दिन
सबै प्रश्नहरुको भुमरीभित्र पनि
मलाई थाहा छ, तर
मेरो खोजी . . म रोक्न सक्दिन ।

तिमीले देख्यौ? तिम्ले भेट्यौ?
होइन .. के भनि नसोध मलाई
म प्रश्नहरुदेखि भागी हिंडेकोछु
मैले खोजी हिंडेको बस्तु भेट्यौ भने
तिमीनै आफ्नो बनाऊ त्यसलाई
हुनसक्छ, म त्यसलाई नै नचिनेर हिंडेकोछु
मलाई चिनाउन नखोज केही, कोहि पनि
भ्रमहरु नै सार्थक लाग्छन मलाई
अर्थ-अनर्थ नकेलाऊ मेरालागि
हुनसक्छ, सामर्थ्यको परिधी बिर्सिसकेकोछु ।

------------------------------
यती लेखिसकेपछि मलाई meeting मा जानु पर्‍यो ।
Even I wanted to continue it and probably give a better completion, but the next time I tried to do so, the juice was just not there any more. I thought - so be it.

10 comments:

Anonymous said...

You have have a horrible experience while typing in nepali, i was also past the same phase
But now i can write a whole blog in Nepali using unicode

plz keep it up

nepaldiary

www.nepaldiary.wordpress.com

Anonymous said...

Raamro kavita.

Tara euta kura ni Saral,
Why you post your creative writings anonymously?

May be Saral Nepal is your pseudonym.

Maile kina bhaneko bhane ni... mera kavita haru ko chori bhaeko chha...say plagiarism...

be careful.

keshuvko.blogspot.com

Anonymous said...

vahsek,
thanks for your concern, which is genuine. like a typical Nepali, I have not learnt my lesson even after going through the same experience like you did :-D
In any case, that is something to ponder about in future. Thanks.
-Saral

Anonymous said...

Ramro chha!

Ajaya said...

Saral Ji:
Kavita ramro chha. Kavita pachhi ko comment nalekheko bhaye yo euta purna kavita thiyo (mero laagi) tara tyo comment le "Suspense Kavita" jasto bhayo. Tyas pachhi ke hola ??

मार्कोनी अधिकारी said...

Ma tapai ko kabita kasai lai forward garne anumati chanchu. Yesma maile kasai lai bhanna khojeko ti sab kura haru chan jun yeta maja sita ma kahele pani bhanai sakdina thea.

सहयात्री said...

Excellent Poem.... Keep it up..

CharitrawanChela said...

Saral jee,
DId you read "jhan charitrahin chelis" nepal declaration?

and here is the response to it from a charitrawan chela.

"Riposte of a Beau of Good Moral Character towards the Declaration of Jhan Charitrahin chelis"

dhanyabad
charitrawanchela

Ajaya said...

Saral :
Naya post kahile aaune ho ?

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।